२०८१ माघ १० गते बिहिवार

टिच फर नेपालले फेलोशिपका लागि आवेदन खोल्यो

काठमाडौं, मंसिर ७ । नेपालमा शैक्षिक समानताको लागि कार्यरत टिच फर नेपाल अभियानले आगामी सत्रको लागि आवेदन आह्वान गरेको छ । आवेदनको म्याद माघ १८ सम्म छ ।नेपाली युवाले यसमा आवेदन दिन पाउँछन् । टिच फर नेपालले सामाजिक रुपान्तरण अभियान अन्तरगत गुणस्तरिय शिक्षाको लागि अभियान सञ्चालन गर्दै आएको छ ।

अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका ग्रामीण भेगमा रहेका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ ।

यो अभियान प्रज्ञार्थीको लागि समेत नेतृत्व विकास गर्न पाउने अवसर हो । टिच फर नेपालका भर्ना, छनोट, तथा प्रशासन निर्देशक शैलेन्द्र झाले दुई वर्षको अनुभवबाट प्रज्ञार्थीले धेरै अनुभव हासिल गर्न सक्ने बताए ।

‘सीमित स्रोत र साधन प्रयोग गरेर प्रगति उन्मुख सोच भएका युवा जमातसँग सहकार्य गरी समाज परिवर्तनको कार्य कक्षाकोठाबाट गर्न सकिने छ,’ उनले भने ‘ सकारात्मक सोच पाल्नेहरुका लागि फेलोसिप एउटा सुनौलो अवसर समान हो ।’

२ वर्ष सामुदायिक विद्यालयमा शिक्षक र समुदायमा परिवर्तनको संवाहकका रूपमा काम गर्ने टिच फर नेपालका प्रज्ञार्थीलाई मासिक निर्वाह भत्ता उपलब्ध गराइन्छ । इच्छुकले www.teachfornepal.org मार्फत आवेदन भर्न सक्ने छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *