काठमाडौं, मंसिर ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा मंसिरको २९ गतेबाट सञ्चालन गर्ने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै त्रिविले एमपीए दोस्रो सत्रको स्थगित दुई वटा विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ । जसअनुसार Organizational Behaviour (एमपीए ५१०) को २९ मंसिर र Administrative System in Nepal (एमपीए ५०८) को ३ पुसमा परीक्षा हुने भएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार