काठमाडौं, कात्तिक ३। लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ। आयोगले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ।
प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार