काठमाडौं,जेठ २८ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १२ सयले बढेर तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलवार सुन तोलाको एक लाख ९० हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते बुधवार