
शंकर केसी,
सल्यान, असार १८ । ग्रामिण क्षेत्रमा दूध संकलनमा टेवा पुर्याउने उद्देश्यले सल्यानमा मिल्क क्यान वितरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले दूग्ध ब्यवशायमा संलग्न किसानलाई २३ थान मिल्क क्यान वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा १७ जना किसान तथा दूग्ध ब्यवशायिलाई १० लिटर क्षमताको क्यान वितरण गरिएको पशु सेवा शाखा कपुरकोटका प्रमुख अरुणा भण्डारीले बताइन ।
मिल्क क्यान वितरण गर्दै गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले किसानले उत्पादन गरेको दूध गुणस्तरिय तथा सुरक्षित तरिकाले दूध संकलन केन्द्रसम्म पुर्याउन सजिलो होस भनेर कार्यक्रम संचालन गरिएको बताए । उनले भने, ‘गोठदेखि ओठसम्म स्वच्छ दूध हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।’
प्लाष्टिकको भाँडोमा दूध विक्रि गर्न बजारसम्म ल्याउने किसानले अव स्टिलको भाँडामा दूध ल्याएमा दुधमा त्यसको गुणस्तर र ब्याक्टेरियाको सङ्क्रमण न्यून हुने आशा गरिएको अध्यक्षले सेनले बताए ।
कपुरकोट ५ का सुपारी महतारा, यामबहादुर पुन, अमृता रोका, कलसी बुढाथोकी, गंगाराम साहु, टिका घर्ती, राजेश बुढाथोकी, दानबहादुर कामी, बेदबहादुर पुन, कृष्णा पुन र नरबहादुर कामीलाई क्यान वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ६ बाट तिलाकुमारी डाँगी, कपुरकोट ४ बाट विना बुढा, कपुरकोट ३ बाट शेरबहादुर महतारा, ज्योतिप्रकाश वली, बाबुराम बस्नेत र दूग्ध ब्यवसायी कुबेर केसीलाई पनि क्यान वितरण गरिएको छ । पशु सेवा शाखाले सूचना प्रकाशित गरेर संकलन भएका निवेदनका आधारमा किसानलाइ छनौग गरेको हो ।