
तुलसीपुर, असार १६ । काठमाडौ विमानस्थल २१ घण्टा सञ्चालन भएसँगै अव तुलसीपुरमा विहान विमान वस्ने भएको छ । नेपाल वायुसेवा निगमका अनुसार तुलसीपुरमा विहान सवा ९ वजे विमान वस्ने भएको हो । ‘दिउँसो हावाका कारणले गर्दा जहाज नियमित भएको थिएन अव नियमित हुन्छ ’ वायु सेवा निगमकी विजनेस डेपुटी डाइरेक्टर रिना राइले जानकारी दिइन् । राइका अनुसार तुलसीपुरमा यात्रुको चापका कारण विमान सेवा नियमित वनाउनका लागि उडान तालिकामा हेरफेर गरिएको हो । ‘अव जहाज नियमित नै हुन्छ’ राइले भनिन् ।
तुलसीपुर विमानस्थल सञ्चालनसँगै हवाई मार्गको प्रयोग गर्ने यस क्षेत्रका यात्रुहरुले तुलसीपुर विमानस्थलको प्रयोग गर्दै आएका छन् । उपमहानगरपालिकाको संयोजनमा हरेक दिन विमान सेवा सञ्चालन भइरहेको विमानस्थल सञ्चालन समितिका संयोजक सुर्यवहादुर डाँगीले वताए । संयोजक डाँगीले यात्रु प्रतिक्षालय भवनको निर्माण अन्तिम चरणमा पुगेको वताउँदै धावनमार्ग विस्तारका लागि संघले वजेटको समेत व्यवस्था गरेको छ ।
