२०८१ चैत्र १२ गते मङ्गलवार

लोकसेवा फाराम भर्नेको भिड

यमकला भुसाल,
तुलसीपुर, असार ४ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा अहिले देशैभर फाराम भर्नेको सङ्या दिनानुदिन बढिरहेको छ । यता दाङको तुलसीपुरमा पनि विभिन्न साइवरहरुबाट लोकसेवा आयोगको फाराम भर्ने विद्यार्थीहरुको भिडभाड बढिरहेको मिलिजुली साइवरका सञ्चालक सौरव शर्माले जानकारी दिए । उनका अनुसार अहिले मिलीजुली साइवरमा दैनिकी ५० देखि ८० जनासम्म फाराम भर्न आउने गरेका छन । जसमध्ये पुरुषको तुलनामा महिलाको सङ्या ८० प्रत्शितले बढी छ र त्यसमध्ये पनि बिबाहित महिलाको सङ्या अझ बढी छ ।

उनका अनुसार फाराम भर्नेहरुमा अधिकाशं नासु,खरिदार,सुब्बाका रहेका छन । अहिले सम्म ४ सय बढी विद्यार्थीले फाराम भरेको शर्माले जानकारी दिए । उनले भने,–दुइ तिन दिन पहिले एकैपटक धेरै सङ्याले फाराम भर्न खोज्दा सर्भरमा चाप देखिएको थियो तर मगंलवार राती देखि कम हुदै गएको छ । अझै पनि फाराम भर्नेको सङ्मा बृद्धि हुने उनको भनाई छ । अहिले तुलसीपुरका मिलीजुली साइवर,सरस्वती कमिन्युकेशन,पन्थी सञ्चार सेवा,विश्व सञ्चार सेवा लगाएतका साइबरहरुबाट लोकसेवा आयोगको फारमहरु भर्ने गरिएको छ ।

यसैगरि यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा एक साता थप गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ । अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने समय थप गरेको हो ।

 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *