२०८१ असार ८ गते शुक्रवार

सोमबार सुनको मूल्यमा घट्यो,कतिमा भैरहेको छ कारोबार ?


काठमाडौं ,जेठ २१ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।

महासङ्घले चाँदीको मूल्य तोलामा रु १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *