२०८१ जेष्ठ ५ गते शनिवार

सुनको मूल्य बढ्यो, आइतबार कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं,बैशाख ३० । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *