२०८१ असार ८ गते शुक्रवार

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ ,बैशाख १६ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंक (१४.३३ अंक)ले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो

यो सँगै नेप्से परिसूचक १ हजार ८ सय ८०.२७ अंकमा बन्द भएको छ । गत बिहीबार नेप्से ३.२४ अंकले घटेको थियो ।

आइतबार कारोबारमा आएकामध्ये १ सय ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो, ५५ वटाको घट्यो र बाँकी ९ वटाको स्थिर रहेको छ ।

उक्त दिन ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार २ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

पछिल्ला महिनाहरुमा नेप्से परिसूचक अपेक्षित रुपमा बढ्न सकेको छैन ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *