२०८१ बैशाख १९ गते बुधवार

लगातार बढेको सुनको मूल्य घट्यो,बिहिवार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ,चैत २९ । सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि सुन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ।

त्यस्तै तेजाबी सुन पनि १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा झरेको छ। चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

बुधबार छापावाल सुन १ लाख ३६ हजार ८ सय र तेजाबी सुन १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भएको छ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *