२०८१ बैशाख १० गते सोमवार

आइतबार सेयर बजारमा २७ अंकले गिरावट


काठमाडौं ,फागुन ६ । सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ।

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।

सामलिङ पावरका लगानीकर्ताले यसदिन गुमाए। सो कम्पनीको मूल्य ८.२१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआईसी एसिया बैंकले १३ करोड,जोशी हाइड्रोपावरले १० करोड,सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढिले घटेको छ।

कारोबारमा आएका कम्पनीमध्ये २१ वटाको मूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *