२०८३ बैशाख २७ गते आइतवार

सुनको मुल्य ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,फागुन ४ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *