२०८३ असार २८ गते आइतवार

सोमबार सुनको मूल्य स्थिर


काठमाडौ,पुस २ । शनिबार र आइतबार अन्तराष्ट्रिय बजार बन्द रहनेभएपछि सोमबार पनि सुनको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शनिबारदेखि सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ।

गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले कमी हो।

गत शुक्रबार सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो।
सोमबार चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *