२०८२ असार ६ गते शनिवार

शुक्रवार सुनको मुल्य तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ,मंसिर २९ । सुनचाँदीको भाउ आज पनि बढेको छ ।

हिजो तोलामा एकैदिन दुई हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले महँगिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १९ हजार एक सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

गएको १८ गते सोमवार सुन अहिलेसम्मकै महँगो तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *