काठमाडौं,मंसिर २८ । साताको पाँचौं दिन सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
बुधबारको तुलनामा बिहीबार सुनमा २८ सय र चाँदीमा ५५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि हिजो भन्दा बढेर तोलाको १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार