२०८३ जेष्ठ ११ गते सोमवार

सेयर बजार सोमबार दोहोरो अंकले घटयो

काठमाडौं ,मंसिर २४ । साताको पहिलो सेयर कारोबार दिन आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ।

आज नेप्से परिसूचक १५.४० अंकले घटेर १९८४.५७ विन्दुमा कायम भएको छ। यो ०.७८ प्रतिशत हो।

बिहान प्री ओपन सेसनमा २५ अंक बढीले बढेको सेयर बजार नियमित कारोबार समय ११ बजेपछि निरन्तर ओरालो लागेको थियो।

दिनभर तीव्र उतारचढाव रहेको नेप्से कारोबार अन्तिम समयमा आएर दोहोरो अंकले बन्द भएको हो।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको सेयर खरिदबिक्री भयो।

३०३ स्क्रिप्टको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच भए। यसदिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल,सामुदायिक लघुवित्त वित्तीय,डोल्टी पावर र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो संस्थाको सेयर ७.१५ प्रतिशतले घट्यो।

यसैगरी मन्दाकनी हाइड्रोपावर,स्वाबलम्वन लघुवित्त वित्तीय,एसियन हाइड्रोपार र अपर स्यांगी हाइड्रोपावर गुमाउने शीर्ष पाँचभित्र परे।

कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड बढी मूल्यको सेयर कारोबार भयो।

​​​​​​​यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड,सिटीजन लाइफ इन्स्योरेन्सको १४ करोड र शिवम सिमेन्टको १३ करोड बढी मूल्यको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य घट्यो भने ५ वटाको मात्र बढ्यो। १५७ स्क्रिप्टको मूल्य घट्दा ८१ वटाको मात्र बढ्यो। बाँकी ३ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *