२०८२ बैशाख ११ गते बुधवार

आइतबार सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं ,मंसिर १० । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै शुक्रबार एक हजार ४ ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *