काठमाडौँ , मंसिर १० । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९५ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८५९.२४ अंकमा आएको छ।
यस सेसनमा २ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल २२ कम्पनीको ६ सय ८५ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार