काठमाडौँ ,मंसिर ६ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।
तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार