२०८० मङ्सिर १६ गते शनिवार

सुनको मूल्य तोलामा पाँच सय रुपैयाले बढयो


काठमाडौं,मंसिर ५ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपौयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ। सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *