२०८१ मङ्सिर १८ गते मङ्गलवार

ब्रोइलर कुखुराको मासुको मूल्य घट्यो

काठमाडौँ,कात्तिक २१ । चाडपर्वको समयमा कुखुराको मासुको मूल्य घटेको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएको हो ।

कात्तिक २१ गतेदेखि लागू हुने गरी कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएर प्रतिकेजी ३२० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्ने राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।

यसअघि काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी ३३५ रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *