काठमाडौँ ,कात्तिक १८ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा ११ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रबारसम्ममा १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, गत शुक्रबार तोलामा १ लाख १६ हजार ४५० रहेको तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ३५० रुपैयाँ कायम छ ।
यो साता चाँदीको मूल्यमा समेत २५ रुपैयाँले गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ९० रुपैयाँ कायम छ ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार