२०८२ जेष्ठ ११ गते शुक्रवार

सहकारीको साढे २४ लाख कृषिमा लगानी


सल्यान, बैशाख २६ । सल्यान कपुरकोटमा रहेको नारी विकाश वचत तथा ऋण सहकारी संस्थाले कृषि क्षेत्रमा सबै भन्दा बढी लगानी गरेको छ । संस्थाले विहीबार ११औँ वार्षिक साधारणसभामा त्यस्तो जानकारी दिएको हो । संस्थाकी प्रवन्धक हिमा गिरीले २४ लाख ५० हजार ८ सय ५६ रुपैंया कृषिमा लगानी गरेको जानकारी दिएकी हुन । सहकारीको कुल पूँजी २९ लाख ८६ हजार ८ सय ८५ रुपैंया मध्ये उक्त रकम कृषिमा लगानी गरिएको गिरीले बताइन ।

महिलाहरुले सञ्चालन गरेको र महिलाहरु मात्रै सदस्य रहेको यस सहकारीले महिलालाई कृषि मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रमा लगानी धेरै गरिएको संस्थाकी अध्यक्ष ललिता गिरीले बताइन । कार्यक्रमलाई सम्वोधन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले कपुरकोट कृषिको लागि राम्रो सम्भावना भएको ठाउँ भएको बताए । सहकारी मार्फत महिलाले गरेको काम अनुकरणिय रहेको भन्दै उनले सबै क्षत्रमा यसको सिको हुनुपर्ने धारणा राखे । ‘ यस्ता असल कार्यको सिको सर्वत्र हुनु पर्दछ,’ सेनले भने ‘ त्यसो भएमा मात्रै महिला आत्मनिर्भर बन्ने छन्।’ महिलाले मात्रै संचालन गरेको सहकारीमा २ सय २१ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *