२०८१ फाल्गुन ७ गते बुधवार

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं कात्तिक ३ । सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ ।

दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ हजार पुगेको छ । बिहीबार प्रतितोला १३ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *