२०८० मङ्सिर १७ गते आइतवार

बुधवार सुनको मुल्य तोलामा ३ सय रुपैयाले बढ्यो

काठमाडौं ,असोज १७ । केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *