काठमाडौं,असोज ९ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक २.१७ विन्दुले बढेको छ। यससँगै सूचक २००६.६३ अंकमा आएको छ।
यस अवधिमा ६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २५ कम्पनीको २७ सय कित्ता सेयर कारोबार भएको हो।
यस सेसनमा कुल ३९ पटक सेयर कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार