२०८१ बैशाख २२ गते शनिवार

प्रि-ओपन सेसनमा झन्डै दुई अंकले बढ्यो नेप्से

काठमाडौं,असोज ८ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ। यससँगै सूचक २०१२.२१ अंकमा आएको छ।

यस अवधिमा ३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २० कम्पनीको १ हजार १८ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल ९५ पटक सेयर कारोबार भएको हो। ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *