२०८१ बैशाख २३ गते आइतवार

आइतवार सामान्य अंकले बढ्यो सुनको मुल्य

काठमाडौं,असोज ७ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ।

लगातार ३ दिन घटेको सुनको मूल्य आज सामान्य रुपमा बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः २००, ३०० र ४०० रुपैयाँले घटेको थियो। यसअघि, शुक्रबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *