२०८० असोज १५ गते सोमवार

सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम

काठमाडौं,असोज २ । हिन्दू नारीहरूको महान चाड हरितालिका तीज पर्वको अवसरमा लगातार चार दिनसम्म सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यसअघि शुक्रबार, आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला ६००, ५०० र २०० रुपैयाँले बढेको थियो।

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *