२०८० असोज १५ गते सोमवार

सोमबार सुनको मूल्य तोलाको १ लाख १२ हजार कायम

काठमाडौं ,भदौ २५ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *