२०८३ भाद्र ११ गते बिहिवार

सेयरबजार २८.९२ अंकले घट्यो

काठमाडौँ,भदौ २१ । साताको अन्तिम कारोबार दिन सेयरबजार २८.९२ अंकले घटेको छ।

आज बजार २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा अडिएको हो। घटेको बजारमा कारोबार भने बढेको छ। आज नेप्सेमा १ अर्ब १५ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ७० करोडको कारोबार भएको थियो।

कारोबारमा आएका २०३ कम्पनीको सेयरमूल्यमा गिरावट आउदा २१ कम्पनीको बढेको छ। ४ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।

आज शुभम पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य ६९१ रुपैयाँ पुगेको छ।

बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशतले घटेको छ।

लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक ६ करोड १५ लाखको कारोबार भएको छ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *