काठमाडौं ,भदौ २१ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ। यस गिरावटसँगै सूचक १९६०.७२ विन्दुमा रहेको छ।
यस अवधिमा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो।
यस सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार