२०८३ जेष्ठ १५ गते शुक्रवार

सुनको मूल्य बुधवार ४ सय रुपैयाले घट्यो

काठमाडौं,भदौ २१ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले घटेर रु एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *