२०८१ भाद्र २६ गते बुधवार

अब यूपीभिसीका सामाग्री तुलसीपुरमा पनि उपलब्ध

तस्बिर : फरककोण

यमकला भुसाल,
तुलसीपुर, वैशाख १४ । युपीभिसीका सामाग्रीहरु विक्रि वितरण गर्ने गरि शाखा अबदेखि दाङमा पनि सुरु भएको छ। भवन संसार मेटेरियल्स इण्डष्ट्रिज प्रालि घोराहीले शनिवार तुलसीपुरको शान्ति पार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरि जिल्लामा पनि सेवा सुरु भएको जानकारी दिएको हो ।

युपीभिसीका सामाग्रीहरु समय अनुकुल वातावरण मैत्रीपूण र आकर्षक डिजाईनका हुनुको साथै काठको मुख्ल भन्दा दुई तिहाइ सस्तो मुल्यमा खरिद गर्ने सकिने कार्यक्रममा जानकारी दिइएको थियो । सहभागीहरुले वातावरण संरक्षण र सुपथ मूल्यको लागि यपीभिसीको सामाग्री प्रयोग गर्न उपयुक्त रहेको दाबीपनि गरेका छन् ।

भवन संसार मेटेरियल्स इण्डष्ट्रिज प्रालि घोराहीका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्य र नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर आचार्यले वन जंगलको विनासले वातावरणमा नकारात्मक असर परेको हुँदा युपीभिसका सामाग्रीहरु प्रयोग गर्दा त्यसले वन जंगल जोगिने तर्क गरिन । ‘ हाम्रो सवाल कसरी वातावरण सच्छ सफा राख्ने भन्ने हो,’ आचार्यले भनिन् ‘ युपीभिसीका सामाग्री प्लाष्टिक जन्य पदार्थवाट निर्माण हुने हुँदा वन जोगाउन सहयोग पुग्ने छ।’

तर उनले विभिन्न समयमा विभिन्न कम्पनी र विभिन्न बस्तुहरु बजारमा आउने र पछि हराउने भन्दै उपभोक्ताहरुलाई गणस्तरिय सामाग्री विक्रि वितरण गर्न उनले आग्रह पनि गरेकी छन् ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले घर तथा भवन निर्माणकै कारण वन जंगल सखाप हुने भन्दै पुपीभिसीका सामाग्रीको उपयोगले वातवरण संरक्षणमा टेवा पुग्ने बताए । नेत्र ज्योति संघ राप्ती आँखा अस्पतालका सचिव सुरेन्द्र खड्काले काठको विकल्पको रुपमा वातावरण मैत्री युपीभिसीका सामाग्री जिल्लामै पाइनु ग्राहकका लागि खुसीको कुरा भएको धारणा राखे । उक्त कार्यक्रमलाई डकर्मी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष प्रेम विक, फर्निचर व्यवसायी ऋषिराज भण्डारी, होटेल व्यवसायी नेत्र वली, युपीभिसीका सञ्चालक विकाश वुढाथोकी लगायतले सम्वोधन गरेका थिए ।

घोराही –१४ कपासी बगियामा स्थापना गरिएको इण्डष्ट्रिज प्रालिले घर निर्माणमा प्रयोग हुने जस्ता पाता, झ्याल, ढोला निर्माणका साथै वाल डेकुरेशन लगायतका कामहरु गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । तुलसीपुरको ‘ग’ लाईन क्याम्पस रोडमापनि यसको स्वरुम खोलिएको छ ।

कार्यक्रममा इण्डष्ट्रिजका बजार व्यवस्थापक विनोद पुनले युपिभिसी वातावरण मैत्री, वाटर पुरुफ,ध्वनी प्रतिरोधक, हेर्दा काठ जस्तै देखिने तर काठभन्दा सस्तो,बलियो, आकर्षक र टिकाउ हुने दाबी गरेका थिए । कार्यक्रममा विभिन्न डकर्मी व्यवसायी, हाडवयर व्यवसायीहरुको सहगीता रहेको थियो । कार्यक्रमको सहजिकरण तुलसीपुर शोरुमका सञ्चालक डम्वर डाँगीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *