काठमाडौँ ,भदौ १२ । कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।
आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुदा ८६ करोड ५१ लाखको कारोबार भएको छ । आज ९ वटा उपसूचकमा गिरावट आएको छ भने बाँकीका ४ उपसूचक बढेका छन् ।
आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.६३ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड उपसूचक सर्वाधिक ०.२५ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
