काठमाडौं,भदौ ५ । मंगलबार सेयर बजार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा पुगेको हो ।
मंगलबार कुल २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९ माथिको सेयर कारोबार भएको हो ।
मंगलबार सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेड प्रवर्द्धक सेयरको भएको छ । यस कम्पनीको २८ करोड ५९ लाख १९ हजार ६ सय ६ रुपैँया बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लि। का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो ।
प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार