२०८२ माघ २ गते शुक्रवार

शेयर बजार साढे ३८ अङ्कले घटेर राताम्मे

काठमाण्डौ ,साउन २१ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको शेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

बजार राताम्मे भएको दिन आज आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत तथा कृषि विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ ।

आज ८० लाख सात हजार कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *