२०८३ असार २९ गते सोमवार

सेयर बजार परिसूचक ः नेप्सेमा एकल अंकको सामान्य वृद्धि

काठमाडौं, साउन १७ । उतारचढावका बीच सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको छ ।

सूचीकृत कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पर्खाइमा सेयर लगानीकर्ताहरु छन् । जसले गर्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि ठूलो उतारचढाव भने छैन । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले २१ साउनभित्र गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । अन्य सूचीकृत कम्पनीहरुले साउन मसान्त भित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित होटल तथा पर्यटन, विकास बैंक र वित्त कम्पनी लगायका उपसूचकमा वृद्धि भएको छ । जसले गर्दा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचकमा गिरावट भएपनि नेप्सेमा वृद्धि भएको हो । वित्त कम्पनी उपसूचक १।६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.४० प्रतिशत, विकास बैंक उपसूचक १.०१ प्रतिशत र वाणिज्य बैंकहरुको बैंकिङ उपसूचक ०.८१ प्रतिशतले बढेको छ ।

लघुवित्त उपसूचक ०.२८ प्रतिशत र हाइड्रोपावर उपसूचक ०।२४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ । बुधबार नेप्सेमा ३५ हजार ८३५ वटा कारोबारमा ९३ लाख ६१ हजार ७८६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८१ करोड २५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ११ करोड १९ लाखको कारोबार भएको छ ।

त्यस्तै सानिमा बैंकको संस्थापक सेयर प्रतिकित्ता १५० रुपैयाँमा ८ करोड ८९ लाख ३७ हजार ७५० रुपैयाँको कारोबार भएको छ । प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । बुधबार प्रभु स्मार्ट फण्डको इकाइमूल्य भने १० प्रतिशतले गिरावट भएको छ । एनआईबीएल समृद्धि फण्डको इकाइमूल्य ४.५८ प्रतिशतले गिरावट भएको हो । सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ४.०५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *