काठमाडौं, असार २४ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको हो । अघिल्लो साता लगातार घटिरहेको बजारमा आज हिरियाली छाएको हो ।
यस दिन बजारमा ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरको खरिदबिक्री हुदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज रावा इनर्जी डेभलपमेन्ट र सिटी होटल लिमिटेडले सर्वाधिक नाफा कमाउका छन् । भने हिमालयन्स लाइफ इन्सयोरेन्स १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । आइतबार बजार पूँजीकरण ३० खर्ब ५२ अर्ब रुपैयाँ बढि रहेको छ ।
प्रकाशित मिति : २०८० असार २४ गते आइतवार