२०८३ जेष्ठ १५ गते शुक्रवार

नेप्सेमा ११.६९ अंकको वृद्धि

काठमाडौँ ,असार ११ । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

आइतबार ६२।२१ अंकले बढेको नेप्से परिसूचक सोमबार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा जलविद्युत, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ। माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक ११.६९ अंकले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विपीओ वित्तीय संस्थालगायत अन्य सात वटा कम्पनीको ९.९९ ले प्रतिशतले बढेको छ।

तर, यता सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ। सोमबारको कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *