२०८१ भाद्र २३ गते आइतवार

तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवको आम्दानी तथा खर्च सार्वजनिक

शिवु खनाल,
देउखुरी, चैत्र २६ । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवले २०७५ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । मंगलवार लमही नगरपालिका नगर प्रमुख, उप प्रमुख, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरी, पत्रकार र स्थानियहरु उपस्थितिमा माहाशिवरात्रीको अवसरमा आयोजना गरिएको तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवले २०७५ को आम्दानी तथा खर्च सार्वजनिक गरिएको हो ।

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अनुसार ८ लाख २७ हजार ७ सय ६५ रुपैँया आम्दानी भएको र सोही रकम बाट ६ लाख ५२ हजार २ सय ६५ रुपैँया बाट संम्पूर्ण खर्च कटाई जम्मा १ लाख ७५ हजार ५ सय रुपैँया समितिको खातामा रहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले जानकारी दिए ।

यस्तै कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जखेराताल लाई दाङकै गौरव तालको रुपमा विकास गर्ने बताए । नगर प्रमुख केसीले जखेरातालको विकासको निम्ती वृहत योजनाहरु ल्याउने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख केसीले जखेरातालमा अन्तरीक तथा बाह्रय पर्यटक भित्रयाउन सबैको आवश्यक रहेको भन्दै तालको संरक्षणको निम्ती सबैको समन्वय र पूर्व पश्चिम राजमार्गमा हिड्ने आन्तरीक तथा बाह्रय पर्यटकहरुले एक पटक जखेराता हेर्नै पर्ने सोचको विकासको वातावरण बनाउने बताए ।

कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा महोत्सव आयोजग उप समितिको संयोजग बाबुराम चौधरी लगाएतले मन्तब्य राखेका थिए। जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सह अध्यक्ष रविधोज थापाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका माहासचिव लोकमणी बञ्जाडेले गरेका थिए । कार्यक्रममा मुल समितिका अध्यक्ष रामप्रसाद उपाध्यलाई हिसाब हस्तान्त्रण गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *