२०८३ बैशाख ३ गते बिहिवार

सुनको मूल्य प्रतितोला आठ सयले बढ्यो

काठमाडौँ ,फागुन २६ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ।

अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख एक हजार तीन सय छ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय २० कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *