२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा नमुना अटो भिलेजको उद्घाटन

तुलसीपुर, फागुन १७ । तुलसीपुर उपमहानगरपालिका र अटो व्यवसायीहरुले संयुक्त लगानीमा निर्माण भएको नमुना अटो भिलेजको शनिवार उद्घाटन हुने भएको छ । उपमहानगरपालिका र व्यवसायीहरुको गरेर कुल १० करोडको लागतमा निर्माण भएको अटो भिलजेको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गर्ने अटो भिलेज निर्माण समितिका अध्यक्ष टोपवहादुर महतराले जानकारी दिए ।

आधुनिक स्मार्ट वसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेसँगै व्यवसायीहरुलाई छुट्टै स्थानमा व्यवस्थापन गर्नका लागि अटो भिलेजको निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । नगरप्रमुख पाण्डेले तुलसीपुरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकास गर्ने लक्ष्य अनुसार अटो भिलेज निर्माण गरिएको पनि वताए ।

वडा नम्वर ६ र ९ को ७ विगाहा क्षेत्रफलमा फैलिएको अटो भिलेजमा १ सय ५० जना व्यवसायीले व्यवसाय गर्न सक्नेछन् । केही समय अगाडि सञ्चालनमा आएको भएपनि शनिवार औपचारिक रुपमा उद्घाटन गर्न लागिएको उपाध्यक्ष पदम पोख्रेलले जानकारी दिए । विहान ८ वजे अटो भिलेजकै नव निर्मित सभा कक्षमा उद्घाटन कार्यक्रम राखिएको पनि पोख्रेलले वताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *