२०८१ चैत्र ३ गते आइतवार

झिनो अंकले घट्यो बजार, कारोबार रकममा भने सुधार

काठमाडौं,भदौ १६ । बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा पुगेर बन्द भएको छ।

यस दिन २२५ वटा धितोपत्रको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको तुलनामा आज कारोबार रकम भने बढेको छ। बुधबार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ४०७ रुपैयाँ पुगेको छ।

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३८९ रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा राप्ती हाइड्रो रहेको छ। कम्पनीको सेयर मूल्य ४.३८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०८ रुपैयाँमा झरेको छ।

त्यस्तै, गणपति लघुवित्तको सेयर मूल्य ४.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१० रुपैयाँ कायम भएको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने नेपाल दूरसञ्चार कम्पनीको भएको छ। कम्पनीको १२ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१५ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १।३९ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ४०७ रुपैयाँमा ५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त समूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *