काठमाण्डौ,जेठ २३ । आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ ।
हिजो तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
