काठमाण्डौ,जेठ ९ । शेयर बजार आज सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीको ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार