२०८१ मङ्सिर २४ गते सोमवार

शेयर बजार झन्डै १८ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाडौं,बैशाख २५ । हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार झन्डै १८ अङ्कले बढेको छ ।

कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अङ्कले घटेको थियो । तर बन्द हुने बेलामा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज बैंक र माइक्रोफाइनान्सबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । दुई सय ३३ वटा कम्पनीका ३३ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको सात करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले तथा घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *