२०८३ साउन २२ गते शुक्रवार

शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १८ वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौँ,पुस ११ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।

आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै आजदेखि कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

आज दुई सय ३१ कम्पनीका ८६ लाख एक हजार कित्ता शेयर पाँच अर्ब १७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नबिल बैंकको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *