२०७९ साउन २७ गते शुक्रवार

जो गौरी तालमा माछा पालेर बार्षिक लाखौं आम्दानी गर्छन

तस्विर : राजेश खत्री ।


तुलसीपुर, मसिर १९ । पछिल्लो समय माछा पालन प्रतिको आकर्षंण दिनानुदिन बढ्दै गएको छ । स्थानीय स्तरमा उत्पादित माछाको राम्रो बजार हुनु र आमदानी पनि रामै्र हुने भएको हुँदा माछा पालन प्रतिको आकर्षण बढ्दै जान थालेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरी गाउँको गौरी ताल माछा पाल्नका लागि ठेक्कामा लगाएर समुदायले मात्रै हैन माछा पाल्ने किसानले पनि राम्रो आम्दानी गर्दै आएका छन् ।

गत जेठदेखि असारसम्म गरि ८ लाख माछाका भुरा तालमा हालेका मोहन डाँगीलाई यतिखेर माछा बेच्ने भ्याई नभ्याई छ ।
कमन, ग्रास, रहु, नैनी जातका माछाका पारखीहरु तालमै पुगेर मान्छा किन्ने गर्छन ।दैनिक सरदर एक क्वीन्टल माछा तालबाटै बिक्रि भइरहेको डाँगीले बताए ।

तालमै पुगेर माछा किन्दा प्रति केजी ३ सय ७० मा किन्न पाइन्छ । तर, बजारमा सोही माछाको रेट साढे ४ सय पर्ने गर्छ । तालमै पुगेर ताजा माछा किन्न उपभोक्ताहरु लालायित हुने गरेको हुँदा पु¥याउनै हम्मे हम्मे पर्ने गरेको मोहनका भाइ सालिक डाँगीले बताए ।

‘ गौरी तालको माछा एक पटक चाखेका उपभोक्ताहरु फेरि–फेरी माछा खोज्दै आउनु हुन्छ,’ सालिकले भने ‘ बेलुका अलि ढिला गरि आउनेहरुलाई माछा पुगाउनै मुस्किल पर्छ । गौरी तालका माछा कात्तिक अन्तिमदेखि बिक्रि सुरु गरिएको र एक महिनाको अबधिमा झन्डै ३० क्वीन्टल जति माछा बिक्रि भइसकेको मोहनले जानकारी दिए ।

यो बर्ष तालमा कम्तिमा पनि पौने २ सय क्वीन्टल जति माछा बिक्रिका लागि तयारी अवस्थामा रहेको र उपभोक्ताको माग अनुसार एकै पटक भन्दापनि दैनिक रुपमा माछा बिक्रि गर्दै आइएको मोहनले बताए ।

बिबाह र सभा समारोह जस्ता अवसरहरुमा अग्रिम माग हुने हुँदा माछा पु¥याउनै हम्मे हम्मे पर्ने गरेको सालिकले जानकारी दिए ।गत बर्ष आफुहरुले डेढ सय क्वीन्टल बढी माछा बिक्रि गरेको र यो बर्ष त्यो भन्दा बढी माछा रहेको मोहनले अनुमान गरे ।

‘हामीले गत बर्ष भन्दा यो बर्ष धेरै माछाका भुरा तालमा हालेका थियौं,’ मोहनले भने ‘ गत बर्ष डेस सय क्वीन्टल बढी बेचेका थियौं भने यो बर्ष कम्तिमा पनि पौने दुई सय क्वीन्टल जति माछा हुनुपर्छ ।’

यो बर्ष आफुहरुको हालसम्म ३५ लाख रुपैंया लगानी परेको र ५५ लाख बढीको माछा बिक्रि गर्ने उदेश्य रहेको उनले बताए ।‘ गत बर्ष सबै खर्च कटाएर १५ लाख जति आम्दानी भएको थियो,’ डाँगीले भने ‘ आशा छ यो बर्ष त्यो भन्दा बढी फाइदा हुने छ ।’ गौरी तालमा पानीको भाग मात्रै ६ बिगाहा १० कठ्ठा क्षेत्रफलको रहेको जानकारहरु बताउँछन् ।

डाँगीले ४ बर्ष पहिले गौरी ताल बार्षिक ५ लाख बुझाउने सर्तमा ठेक्का लिएका थिए । २ बर्ष अरु संग पाटनरमा चलाए र त्यसपछिका दुई बर्ष डाँगी परिवारले एक्लै ठेक्का सकारेको छ । समुदाय संगको ठेक्का संझौता यही बर्ष सकिने डाँगीले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.